संघद्वारा राहत वितरण

जापानमा रहेका नेपालीहरुले संकलन गरेको रकमले रत्ननगरका बाढी पिडितहरुलाई रत्ननगर उद्योग वाणिज्य संघ मार्फत राहत बितरण गरिएको छ । हाल जापानमा रहेका चितवन जापान समाजका चिन्तामणी आचार्य, हरि पाण्डे, भरत गैरे, मुक्ति सापकोटा, भुवन अधिकारी, रामचन्द्र अधिकारी, श्यामलाल देवकोटा लगायतकोे सकृयतामा त्यहाँका नेपालीहरुबाट रकम संकलन गरिे बाढी पिडितहरुलाई राहत सामाग्री बितरण गरिएको हो ।

गत श्रावण २७ र २८ गते परेको भिषण बर्षाको कारण घरबार बिहिन तथा प्रभावित भएका रत्ननगरका बाढिपीडित परिवारलाई आज चामल, खाद्यान्न, त्रिपाल, ब्लाङकेट, म्याट राहत स्वरुप वितरण गरेको छ । जापानबाट चितवन जापान समाजले रत्ननगरमा रहेका बाढी पीडितहरुलाई दुखमा सहभागी बन्दै राहत पठाएका थिए । सो राहत रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु मार्फत स्थानिय जनप्रतिनिधिको रोहबरमा बितरण गरिएको हो ।