स्वागत तथा विदाई कार्यक्रम

ईलाका प्रहरी कार्यालय रत्ननगरमा सरुवा भई आउनुभएका नवनियुक्त प्रहरी नायब उपरिक्षक बासुदेव खतिवडालाई स्वागत एंव रत्ननगरबाट सरुवा भई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा जाने क्रममा रहनु भएका प्रहरी नायब उपरिक्षक नारायण रंजितकारलाई रत्ननगर उद्योग वाणिज्य संघद्वारा एक कार्यक्रम विच स्वागत तथा विदाई कार्यक्रम आयोजना गरिएको छ । 

संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै निजी क्षेत्र र प्रहरी प्रशासन एक अर्काका परिपुरक रहेको कुरा बताउँदै उहाँले हातेमालो गर्दै सहकार्य गर्न जरुरी रहेको र यहाँको उद्योग व्यवसायको विकास, सम्बद्र्धन र प्रर्बद्धनको लागि पनि प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै सेवारत प्रहरी नायव उपरिक्षक नारायण रंजितकारलाई धन्यवाद व्यक्त गर्दै नवनियुक्त प्रहरी उपरिक्षक बासुदेव खतिवडालाई कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यसै गरि संघका पूर्व अध्यक्ष गोपाल कर्माचार्यले संघको विगत देखि वर्तमानसम्मका संक्षिप्त जानकारी गराउँदै रत्ननगर क्षेत्रलाई सुरक्षित प्रत्यानुभूति गराउनको लागि नवनियुक्त प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडालाई अनुरोध गर्नुका साथै शान्ति सुरक्षा व्यवस्थापन गर्नका लागि व्यवसायीहरुको तर्पmबाट पनि पूर्ण सहयोग रहने जानकारी गराउँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रत्ननगरमा शान्ति सुरक्षाको उचित व्यवस्थापन, यहाँ रहेका समस्याहरु एंव यसका समाधानका विषयमा खुल्ला छलफल गरिएको थियो । 

सो अवसरमा विदाई हुने क्रममा प्रहरी नायव उपरिक्षक नारायण रंजितकारले सम्पूर्ण नगरबासीहरुको चाहान अनुरुप आफ्नो कार्यकालमा निजी क्षेत्र, वित्तिय क्षेत्र लगायतलाई विशेष प्राथमिकता दिएको बताउँदै यहाँका नगरबासीहरुको समन्वयकारी भूमिका र सबैको साथ, सद्भाव र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएमा सम्पूर्ण नगरबासीहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै नवनियुक्त प्रहरी नायव उपरिक्षक बासुदेब खतिवडाले सुरक्षा विषय निकै चुनौतिपूर्ण रहेको हुँदा सम्पूर्ण नगरबासीहरुले समन्वय गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । गुण्डागर्दी, अपराधिक क्रियाकलाप निरुत्साहित गर्नुका साथै सामाजिक चुनौतिको विषय बनेको लागुऔषध नियन्त्रणका लागि विशेष कार्य गर्ने बताउँदै स्थानिय बासी एंव उद्योगी व्यवसायीहरुको साथ र सहयोग लिई प्रहरी प्रशासन अनुशासित र मर्यादित ढंगले अघि बढाउने र जनताले प्रत्यक्ष महशुस हुने गरी सुरक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

संघको कार्यसमिति सदस्य, पदाधिकारी, पूर्व अध्यक्ष गोपाल कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा संघका निवर्तमान अध्यक्ष ज्ञान बहादुर विसुरालले नेपालको तश्रो पर्यटकिय गन्तब्य स्थल यही अवस्थित हुनुका कारण पनि अन्र्तराष्ट्रिय जगतसंग प्रत्यक्ष प्रभाव हुने हुंदा निकै संवेदनशील रहेको यस क्षेत्रका शान्ति, सुरक्षा अमन चयनको निम्ति प्रहरी प्रशासनको ध्यान केन्द्रित हुनपर्ने कुरामा जोड दिनुभएको थियो । साथै पुलिस पब्लिक पार्टनरसिप अवधारणलाई विशेष प्राथमिकता दिई रत्ननगरमा व्यवसायमैत्री वातावरण तयार गर्न आग्रह गर्दै रत्ननगर उद्योग वाणिज्य संघ सदैवे नैतिक समर्थनका साथै आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । साथै यसै वर्ष आयोजना हुन गईरहेको रत्ननगर महोत्सव २०७४ को सफल आयोजनाको लागि विशेष सहयोगको अनुरोध गर्दै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।