संघलाई ४० हजार हस्तान्तरण

गत श्रावण महिनाको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले रत्ननगर क्षेत्रमा कृषि अन्र्तगत केरा, माछा, पोल्ट्री र पर्यटन क्षेत्र लगायत विभिन्न व्यवसायका साथै जनजीवन पनि प्रभावित रहेका थियो । यसै क्रममा संघद्वारा सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न स्थानमा राहत वितरण गर्ने क्रममा रत्ननगर वडा नं ६ र ७ मा चितवन जापान समाजको सहयोगमा राहत वितरण गरिएको थियो । सो राहत वितरण कार्यमा सहयोग पु¥याएकोमा चितवन जापान समाजको सम्मानमा संघद्वारा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विपद्को बेलामा राहत वितरण जस्तो मानवीय कार्यमा सहयोग पु¥याउनु हुने चितवन जापान समाज तथा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष लगायत सदस्यहरुलाई हार्दिक आभार व्यक्त गर्दै खादाँ ओढाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठले संघको विगत देखि वर्तमान सम्मको अवस्था सहित संघको गतिविधिबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष ज्ञान बहादुर विसुरालले संघले व्यवसायीहरुको हकहितसंगै सामाजिक कार्यहरु पनि गर्दै आईरहेको बताउँदै विभिन्न प्राकृतिक प्रकोपको बेलामा प्रभावितहरुलाई गरेको सहयोग देखि संघद्वारा संचालित बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रहरुको बारेमा जानकारी गराउनु भएको थियो । 

यसै क्रममा चितवन युवा समूह अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले प्राकृतिक प्रकोपको बेला प्रवासमा रहेका चितवनका दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग स्वरुप केही आपतकालिन राहत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै चितवन जापान समाजबाट संकलन गरिएको १ लाख २१ हजार ८ सय रुपैया समिति मार्फत संघलाई प्रदान गरेको जानकारी गराउनुभएको थियो । यसै विच समितिका अध्यक्ष मुक्ति अधिकारी, वरिष्ठ उपाध्यक्ष बुद्धि अर्याल, सदस्यहरु विनोद अर्याल, कविता ढकाल र सीता कंडेल सहितको टोलले संघका अध्यक्ष राजाराम रेग्मीलाई ४० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । संघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरु उपस्थित रहेको कार्यक्रममा संघका उपाध्यक्ष रघुनाथ भट्टले विदेशमा रहेका चितवनवासीहरुले दुःखमा साथ दिन आपतको बेला गर्नुभएको साथ र सहयोग प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।