१९औं वार्षिक साधारण सभाको सूचना

रत्ननगर उद्योग वाणिज्य संघको १९औं वार्षिक साधारण सभाको सूचना



रत्ननगर उद्योग वाणिज्य संघको १९औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकोले उक्त कार्यक्रममा उपस्थित भईदिनु हुन संघका सम्पूर्ण सदस्य महानुभावहरुलाई अनुरोध गर्दछु । यस सम्वन्धमा सम्पूर्ण सदस्य महानुभावहरुलाई पत्र पठाइएको छ । यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानिदिनुहुन सादर अनुरोध गर्दछु ।
१९ औं वार्षिक साधारण सभा तथा समुद्घाटन कार्यक्रम :
मिति : २०७५ बैशाख १० गते, सोमबार
समय : विहान ८ः०० बजे
स्थान : होटल स्टार व्यान्क्वेट प्रा.लि., र.न.पा. १, निपनी

साथै १९औं वार्षिक साधारण सभामा प्रतिनिधित्व गर्नका लागि यही बैशाख ९ गते, आइतवार दिउंसो ३ः०० बजे कार्यालय समयभित्रमा आ.व.२०७४/०७५ को सदस्यता नविकरण र प्रतिनिधि पत्र सहित (रजिष्ट्रेशन) गराउनुहुन अनुरोध गर्दछु ।

अन्य थप केही जानकारीको लागि कृपया रत्ननगर उद्योग वाणिज्य संघको सचिवालयको फोन नं.०५६–५६०४४८/५६१४५४ मा कार्यलय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।



महासचिव
रत्ननगर उद्योग वाणिज्य संघ
रत्ननगर, चितवन